जिल्ला विकास समिति रोल्पा, उर्जा तथा वातावरण शाखा रोल्पाद्धारा सञ्चालित
हाईमखोला लघुजलबिद्युत आयोजना कुरेली रोल्पाको आम भेला आज कुरेली ३ डालीममा सम्पन्न भएको छ । कुरेली ३ का जेष्ठ नागरिक बलबहादुर पुनमगरको अध्यक्षतामा भएको भेलाले ५ सदस्यीय अनुगमन समिति गठन गरेको छ । जसको संयोजकमा रामबहादुर रोकामगर, सदस्यहरुमा धनप्रसाद रोकामगर, जुनसरी बुढामगर, चन्द्रबहादुर रोकामगर, लालसरी बिक रहनुभएको छ । बैठकले आय ब्यय प्रस्तुत गर्दै आर्थिक बर्ष २०७०÷७१ को गाउँ परिषदबाट बिनियोजित रकम रु ४ लाख हाईमखोला लघुजलबिद्युत आयोजना सम्पन्न गर्नको लागि सिमेन्ट खरिद गर्ने, पावर हाउस निमार्णका लागि खर्च गर्ने निर्णय गरेको छ । त्यस्तै बैठकले आयोजना सम्पन्न गर्नका लागि आवश्यक पर्ने रकम जिल्ला विकास समिति बाट बजेट माग गर्ने, निमाणाधिन लघुजलबिद्युत आयोजना सन्चालनका लागि यसै महिनादेखी काम सन्चालन गर्नुका साथै यसै बर्षभित्र निर्माण कार्य सम्पन्न गरी बिद्युत सुचारु गर्ने निर्णय गरेको छ । हाईमखोला लघुजलबिद्युत आयोजनाबाट कुरेली गाविसका २,३,५,६,७ र ८ वडाका ३ सय ३१ घरधुरी लाभान्वीत हुने भएका छन

0 comments:
Post a Comment